पाठ्यक्रम अवलोकन
महिलाहरुका लागि आर्थिक साक्षरताको यो पाठ्यक्रम, अष्ट्रेलियामा रहँदा तपाइँलाई तपाइँको पैसा व्यवस्थापन गर्न मद्दतको लागि बनाईएको हो।यो पाठ्यक्रमले तपाईंलाई वित्तीय खाताहरू प्रबन्ध गर्न विभिन्न चरणहरू मार्फत लैजान्छ, साथै बैंक खाता सुरु गर्ने, भुक्तानी गर्ने, आय आर्जन गर्ने र तपाईंको अवकाशको लागि बचत गर्ने जस्ता कुरामा मद्दत गर्छ । पैसा प्रबन्धनको बारेमा जान्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मध्ये एक भनेको कसरी तपाईंको खर्च र बचत ट्र्याक गर्न बजेट सिर्जना गर्ने हो। यो पाठ्यक्रमले तपाईंलाई बजेट बनाउन चाहिने उपकरणहरू र जानकारी दिन मद्दत पुर्याउँछ साथसाथै तपाईंका साथी वा परिवारसँग वित्तीय प्रबन्ध गर्न सुझावहरू पनि दिन्छ। एक महिलाका रूपमा, तपाइँले आफ्नो आर्थिक अवस्थाका बारेमा जानकारी राखेर आफ्नो अधिकार र आफूले लिने कुनै पनि वित्तीय निर्णयको प्रभाव बारे बुझ्न सक्नु हुनेछ।